काठमाडौँ– ३२ पेप्सिकोलामा सुविधा सम्पन्न ‘रितु मेकअप स्टुडियो’ संचालनमा

काठमाडौँ – काठमाडौँ– ३२ पेप्सिकोलामा सुविधा सम्पन्न मेकअप स्टुडियो संचालनमा आएको छ । मंगलबार देखि पेप्सिकोला प्लानिङमा रितु मेकअप स्टुडियो संचालनमा आएको संचालक रितु भट्टराईले जानकारी दिइन् । मेकअप स्टुडियोमा सम्पूर्ण मेकअप सम्बन्धि कार्यहरु गरिने भट्टराईले बताइन् । दुलही सिगार्ने, विभिन्न पार्टीहरुमा जाँदा श्रृगार गर्ने, विभिन्न डिजाइनमा मेकअप गरिने जस्ता कार्यहरु गरिने भट्टराईले बताइन् । साथै मेकअप स्टुडियोमा पार्लरका सम्पूर्ण सेवाहरु सँगै पार्लर ट्रेनिङ र मेकअप ट्रेनिङ समेत दिइने भट्टराईले बताइन् । सस्तो र सुलभ मुल्यमा पार्लरका सेवाहरु उपलब्ध भएको भट्टराइले जानकारी दिइन् ।

भट्टराई सँग यो क्षेत्रमा काम गरेको १ दशकको अनुभव छ । ‘सुदूरपश्चिमबाट काठमाडौँमा आएर यो पेशामा रमेको १ दशक भयो’ भट्टराइले भनिन् । आगामी दिनहरुमा पनि ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै थप सेवाहरु समेत संचालन गर्ने भट्टराईको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्