हेलम्बुमा ‘बाढी पिडित व्यवसायिको लागि ऋण मिनाहा तथा सहुलियत ब्याज’

File Photo

काठमडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बाढि पिडित व्यवसायिको लागि ऋण मिनाहा तथा ब्याजमा सहुलियत गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बाढि पिडित व्यवसायिको लागि ऋण मिनाहा तथा ब्याजमा सहुलियत गर्ने भएको हो । गाउँपालिकामा २०७८ असार १ गते, श्रावण १६ र १७ गते आएको महाविनाशकारी बाढिको कारण गाउँपालिका भित्र रहेको विभिन्न ट्राउट फर्म, व्यवसायिक फर्म लगायत खेतियोग्य जमिन बगरमा परिणत भएको थियो । ठूलो क्षति भएपछि व्यवसायिकहरुले बैँक तथा वित्तिय संस्था मार्फत लिएको ऋण मिनाहा र अव ५ वर्ष सम्म व्यवसाय सञ्चालनको लागि व्याज अनुदानमा ऋण उपलब्ध गराउने तथा बगरमा परिणत भएको खेतियोग्य जमिनको मुल्याङ्कन गरि क्षतिपुर्तिको व्यवस्था गर्नको लागि नेपाल सरकार समक्ष ज्ञापन पत्र समेत बुझाईसकेको हुँदा सो कार्यलाई प्राथमिकतामा राखि गाउँपालिकाले विशेष पहल गर्ने गाउँपालिकाले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्