रोशी गाउँपालिकाले ल्यायो ७१ करोड ४६ लाख ८२ हजारको बजेट

काभ्रे – काभ्रेको रोशी गाउँपालिकाले ७१ करोड ४६ लाख ८२ हजारको बजेट सार्वजनिक गरेको छ । शुक्रबार गाउँसभाको ११औँ अधिवेशन मार्फत गाउँपालिकाले सो बजेट सार्वजनिक गरेको हो । संघीय सरकार तथा प्रदेश सरकार एवं रोशी गाउँपालिकाको आन्तरिक श्रोतबाट प्राप्त कुल रकम ७१ करोड ४६ लाख ८२ हजार आय र सोही अनुसारको व्यय हुने गरी बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

जसमध्ये आन्तरिक श्रोतबाट १ करोड ६० लाख, स्थानीय राजस्व बाँडफाँडबाट ४ करोड ५० लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड २३ लाख ६३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ३ करोड ५२ लाख २८ हजार, संघीय सरकार समानीकरणबाट ११ करोड ६४ लाख, सशर्त अनुदान संघ २८ करोड ५९ लाख विशेष तथा समपुरक अनुदान संघ ३ करोड ७० लाख, प्रदेश सरकार समानीकरण १ करोड ६ लाख १३ हजार, सशर्त अनुदान प्रदेश २ करोड ८७ लाख ७८ हजार, समपुरक तथा विशेष अनुदान संघ ३ करोड ७४ लाख रहेको छ ।

गाउँपालिकाको प्रशासकिय भवन निर्माण सम्पन्न गर्न, लघु तथा साना जलविद्युत आयोजनाहरुको प्रवर्धन, इन्टरनेट सेवा विस्तार, स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार निर्माण लगायतका विकास निर्माणका कार्यहरुमा जोड दिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्