सुदूरपश्चिमका चर्चित डोटेली कमेडियन एकै टेलिश्रृखला पोइजोइमा, भानुभक्त जोशीको निर्देशन

काठमाडाैं- सुदूरपश्चिम भाषाको संरक्षण तथा जर्गेना गर्ने उद्देश्यले हाँस्य टेलिश्रृंखलाको रुपमा प्रस्तुत हुदैँ आइरहेको पात्रहरु अहिले एउटै टेलिश्रृंखला जोइपोईमा देखिएका छन् । चर्चित गायक तथा कलाकारको रुपमा परिचित भानुभक्त जोशीको कथा/निर्देशनमा निर्माण भएको डोटेली भाषाको टेलिश्रृखला पोइजोइमा निर्देशक जोशी सहित चर्चिक कलाकार हेमराज अधिकारी –खन्ट्या खलास), नरेन्द्र प्रसाद जोशी (हगुल्टो), हेमराज उपाध्याय, उद्यय सिँह धामी, जानुका कुवार, जनक महरा, पुष्कर बडु, चन्द्र केसी, पार्वती बम, प्रकाश बम, निर्माला ऐर साउद, गौरी बोहरा, गोविन्द खड्का, अशोक विष्ट कलाकारको रुपमा रहेका छन् ।

एनपी जोशीले छायाकंन गरेका उक्त टेलिश्रृखला पोइजोइमा निरन्तर मिडिया प्रा.लि.ले निर्माण गरेको छ । निरन्तर मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त टेलिश्रृखला जोइपोई दर्शकले अत्यधिक रुचाएका छन् ।

सुदूरपश्चिमका समस्या, सम्भावनालाई चित्रण गर्नुका साथै भ्रष्टाचार, हिंसा, कुप्रथा लगायतका विषयलाई समावेश गरी सहि सन्देश दिन टेलिश्रृखलाले सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तहमा भइरहेको गतिविधि, सुशासन, अनियमितता, भ्रष्टाचारका बिषयलाई समावेश गरिनुका साथै नमुना कामहरुलाई उजागर समेत गरिने छ ।

अब साप्ताहिक रुपमा टेलिश्रृखला निरन्तर मिडियाको युट्युब च्यानलबाट सार्वजनिक हुनेछ । दर्शकहरुको साथ सहयोग तथा सुझावका आधारमा कार्यक्रमलाई निरन्तरता दिने र परिमार्जन समेत गरिने निर्देशक जोशीले बताउनभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्