आधारभूत स्वास्थ्य सेवा केन्द्र शुनपा–८ ले बालबालिकालाई विद्यालयमै गएर खोप लगाउने

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ अन्र्तगतको आधारभूत स्वास्थ्य सेवा केन्द्रले बालवालिकाहरुलाई कोभिड विरुद्धको खोप विद्यालयमै गएर दिने भएको छ । ५ बर्षदेखि ११ बर्ष उमेर समुहका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भइरहेको र सोहि बमोजिम यस वडाका ५ विद्यालयमा गई खोप दिने कार्यक्रम तय भएको आधारभूत स्वास्थ्य प्रमुख राघबेन्द्र बहादुर सिँहले जानकारी दिनुभयो ।

कोराना विरुद्धको खोपबाट कोहि पनि बञ्चित हुनु नपरोस भनेर आधारभूत स्वास्थय केन्द्रले आज फारवेष्ट इंग्लिस बोर्डिङ स्कुलमा ८ बजेदेखि खोप दिइरहेको छ । यसैगरी १२ गते बैजनाथ आधारभूत विद्यालय पारिफाँटामा दिने छ भने १३ गते गोल्डेन फ्यूचर एकेडेमी फुलेलीमा खोप अभियान सञ्चालन हुनेछ । यसैगरी यहि असार १४ गते जनभावना आधारभूत विद्यालय नौखरी र १५ गते आधारभूत स्वास्थ्य केन्द्र पारिफाँटामा खोप अभियान सञ्चालन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्