शैल्यशिखर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सम्पन्न

विनोदसिंह धामी

दार्चुला – शैल्यशिखर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट अन्तर माध्यमिक खेलकुद प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
फागुन २० गतेबाट संचालन भएको प्रतियोगितामा नगरपालिका भरिका १२ विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा ८ स्वर्ण ६ रजत र ७ कास्य पदकसहित सत्यप्रकाश मावी देथलाले प्रथम उपाधि जितेको छ । त्यस्तै ७ स्वर्ण १ रजत र २ कास्य पदक सहित हुनैनाथ मावी देवथली द्धित्तिय, ६ स्वर्ण, ७ रजत र ४ कास्य पदक सहित गोकुलेश्वर मावी गोकुलेश्वरले तृतीय स्थान प्राप्त गरेको छ ।
पशुपति भवन मा.वी. ग्वानीले सान्तवना स्थान प्राप्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्