प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्ररी सुधार, भान्जी समीक्षाको स्वास्थ्यमा पनि सुधार-विज्ञप्ती सहित

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य राम्ररी सुधार भइरहेको छ । मिर्गाैलो प्रत्यारोपण गरिएको चौथौं दिन उहाँलाई सामान्य खाना दिइएको छ भने सामान्य हिंड्डुलका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ । उहाँको ‘भाइटल’ र ‘ल्याब’ सूचकांकरु सामान्य अवस्थामा रहेका छन् ।

प्रधानमन्त्रीलाई मिर्गाैला दान गर्नुभएकी उहाँकी भान्जी समीक्षा संग्रौलाको स्वास्थ्य पनि सामान्य रहेको छ । उहाँलाई पनि सामान्य खाना दिनुको साथै उहाँको पनि ‘भाइटल’ र ‘ल्याब’ सूचकांकहरु सामान्य अवस्थामा रहेको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्