सुदूरपश्चिममा काँग्रेस ४०, एमाले २५ र माओवादी १४ ठाउँमा निर्वाचित, अरु कुन ठाउँमा कुन दल ?

कैलाली – बाजुराको बुढीगंगा नगरपालिका बाहेक सुदूरपश्चिम प्रदेशका सबै ८७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

बुढीगंगामा नेपाली कांग्रेसले पुनः मतदानको माग गरपछि अहिलेसम्म सहमति हुन नसक्दा मत गणना अनिश्चित बनेको छ । सार्वजनिक मतपरिणाम अनुसार सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा एमालेलाई पछि पार्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ ।

नेपाली कांग्रेसले ४० स्थानीय तह जित्दा २०७४ सालमा ३९ ठाउँमा जितेको नेकपा एमाले भने २५ पालिकामा जित हात पार्दै दोस्रो ठूलो दल बनेको छ । १४ स्थानीय तहमा जित निकालेको माओवादी केन्द्र भने तेस्रो स्थानमै सीमित भएको छ ।

निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा गठित नागरिक उन्मुक्ति पार्टीले कैलालीका चार, एकीकृत समाजवादीले दुई र स्वतन्त्र उम्मेदवारले दुई पालिका प्रमुख जितेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्