ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा एमालेकी मञ्जली शाक्य निर्वाचित

काठमाडौं– ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन विजयी भएका छन् ।

नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारलाई फराकिलो मतान्तरले पराजित गर्दै महर्जन विजयी भएका हुन् । २०७४ मा पनि महर्जनले व्यञ्जनकारलाई हराएका थिए ।

उपपप्रमुखमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित भइन् । माओवादी केन्द्रका बाबुराम बज्राचार्यलाई हराउँदै शाक्य निर्वाचित भएकी हुन् । अन्तिम मतपरिणामको औपचारिक घोषणा केहीबेरपछि हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्