कोरनाको संक्रमणबाट बच्च नगरक्षेत्रभित्र सतर्कता अपनाउने बेदकोट नगरपालिकाको निर्णय

कञ्चनपुरको बेदकोट नगरपालिकाले कोरना भाइरसको संक्रमणबाट जोगिन सम्पूर्णलाई अपिल गरेको छ । शुक्रवार बसेको बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिन विभिन्न नीति अघि सारेको छ ।
जसमा भाइरसबाट जोगिन हात नमिलाउने, अंकमाल नगर्न र त्यसको सट्टा आदरपुर्वक नमस्कार गर्ने बानिको विकास गर्न अपिल गरेको छ । त्यसैगरी भोज भतेर नगर्न, सभा गोष्ठी नगर्न, डिजे को प्रयोग नगर्न, होली समूहगत रुपमा नखेल्न, जन्म दिन तथा बिबाह उत्सव घरपरिवार भित्र सीमित गर्न अनुरोध गरेको छ । यसैगरी बिभिन्न मेला, जात्रा, होली कार्यक्रम, सभा समारोह एवं धार्मिक तथा पारिवारिक ठूलो उत्सव आयोजना नगर्न र अत्यावश्यक अवस्था बाहेक मेला पात, भिडभाडमा नजान र जाँदा पनि मास्क प्रयोग गर्न लगायत सतर्कता अपनाउन सबै नगर बासीमा अनुरोध गर्ने निर्णय गरिएको छ ।
साथै घरमा दिनहुँ प्रयोग हुने खाद्यान्न २÷३ महिना सम्मलाई पुग्ने गरी चामल, दाल, आलु, तरकारी, तेल, नुन, चिउरा, पिठो इत्यादी व्यवस्था गर्न समेत अनुरोध गरेको छ । यदि बजार पुर्ण रुपमा बन्द गर्नु पर्यो भने भोकै बस्न नपरोस भनेर र घरमा मास्क, ग्लोब्स, ज्वोरो, रुघाखोकी औषधी पनि किनेर राख्न समेत अपिल गर्ने निर्णय गरेको छ ।
साथै कोरोना भाइरस बाट बच्न सचेतना कार्यक्रम गर्न स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरिएको बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्