CORONA

ग्यास अभाव हुदैन, लाइन बस्नु पर्दैन : मन्त्री भट्ट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने बताउदै लाइन नबस्न आग्रह गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलनमा उनले फोन गर्ने वित्तिकै ग्यास पाउने गरी हटलाइन टेलिफोनको व्यवस्था गर्ने बताए ।

आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था गर्ने मन्त्री भट्टले बताए ।

उनले घरमा थप सिलिण्डर राख्नुनपर्ने उल्लेख गरे । नेपालमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको पनि मन्त्री भट्टले बताए ।

वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले पाम आयलकै जस्तो गरी औषधी र यसको कच्चा पदार्थको निर्यात प्रतिबन्ध खोल्न भारत तयार भएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्