कोरोना बाट बच्नका लागि भिडभाडमा सामिल नहुन दार्चुला प्रशासनको आग्रह

रमेश खत्री -दार्चुला

जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गर्दै भीडभाडमा सामिल नहुन आग्रह गरेको छ । कोरोना भाईरसको संक्रमण विश्वभरी फैलिरहेकाले अर्को सूचना नभए सम्मका लागि भेला हुन, विभिन्न उत्सवहरु मनाउन, होली खेल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी टेकसिँह कुवर द्धारा जारी सूचनामा कोरोना भाईरसको सम्भावित जोखिमको बाहानामा कालोबजारी र कृतिम अभाब सिर्जन गरेको पाईएमा कारवाही गरिने जनाएको छ ।

यस्तै नेपाल भारत सीमा वारपार गर्दा स्वास्थ्य सहयता कक्षमा स्वास्थ्य परीक्षण गराउन पनि आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्