अब जापानबाट साेझै आईएमई पे मोबाइल वालेटमा पैसा पठाउन सकिने

‘आईएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो’ योजना ल्याएको छ ।

योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आईएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिने छ । यो योजना फ्रेबुअरी २२ देखि अगस्ट २२, २०२०(छ महिना) सम्म लागू हुने कम्पनीले जनाएको छ ।
यो योजना अवधिभर क्योदाईबाट नेपालमा ‘आईएमई पे’ गर्ने सेवाग्राहीहरुले ३ पटकसम्म सेवा शुल्क नलाग्ने गरी पैसा पठाउन सक्नेछन् । चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने यस योजनाका फाइदाहरु रहेका छन् । यसका लागि रकम पाउने व्यक्तिले आफ्नो मोबाइलमा ‘आईएमई पे ’ डाउनलोड गरेको हुनुपर्दछ ।

जापानमा रहेका जुनसुकै क्योदाई काउन्टरमा नेपालमा पठाउनुपर्ने रकमसहित ‘आइएमई पे’ मोबाइल वालेट खाता भएको वालेट नम्बर (फोन नम्बर) प्रदान गरिने पालको ‘आइएमई पे’ मोबाइल वालेट नम्बरमा निःशुल्क पैसा पठाउनसकिने व्यवस्था कम्पनी व्यवस्थापनले मिलाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्