दिल्लीमा भएको हिंसा प्रति इरानका सर्वाेच्च नेता आयातुल्लाह खामेनेईद्वारा भारतकाे निन्दा

इरानका सर्वाेच्च नेता आयातुल्लाह खामेनेईले दिल्लीमा भएको हिंसालाई लिएर भारतको निन्दा गरेका छन् ।

दिल्लीको उत्तर–पूर्वी जिल्लामा गएको २४–२६ फेब्रुअरीमा भएको हिंसामा अहिलेसम्म झण्डै ५० जनाको ज्यान गइसकेको छ भने दुई सय भन्दा धेरै घाइते भएका छन् ।

नागरिकता संशोधन कानुन (सीएए) को विरोधलाई लिएर भएको हिंसामा ज्यान गुमाउनेमध्ये धेरै मुस्लिम समुदायका रहेका छन् ।

इरानका सर्वाेच्च धार्मिक नेता खामेनेईले बिहीबार ट्वीट गर्दै भारतमा मुस्लिममाथि दमन भइरहेको र विश्वभरिका मुस्लिम समुदाय यसबाट दुःखी भएको बताए ।

उनले ट्वीटमा लेखेका छन्, ‘भारतमा भइरहेको मुस्लिमको नरसंहारले विश्वभरिका मुस्लिम समुदायको मन दुखेको छ । भारत सरकारले कट्टर हिन्दू र तिनका पार्टीलाई रोक्नुपर्छ र इस्लामीहरुको तर्फबाट भारत छिन्न भिन्न हुनबाट रोकिन चाहन्छ भने भारतमा मुस्लिम समुदायको नरसंहार रोकिनुपर्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्