कोरोना भाइरस संक्रमणबारे संसदमामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

FIle Photo

प्रतिनिधिसभाको आज (शुक्रवार) को बैठकमा विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको नियम ७१ बमोजिम आजको संसद बैठकमा प्रस्ताव दर्ता गरेका हुन् ।

प्रस्तावलाई सांसदहरु सञ्जय कुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्र कुमार केसी र डा. नारायण खड्काले समर्थन गरेका थिए। सोही प्रस्तावबारे बोल्दै सांसद दिलेन्द्र प्रसाद बडुले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बहुराष्ट्रिय सहकार्यको आवश्यकता औँल्याएका छन् । प्रस्तावमाथि आफ्नो धारणा राख्दै बडुले कोरोना भाइरससँग लडन्का लागि नेपालले मात्रै चेकजाँच गरेर नहुने भएकाले बहुराष्ट्रिय सहकार्यको आवश्यकता औल्याएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्