हेलम्बुमा काँग्रेसले जितेर शिक्षाको क्षेत्रमा ५ वर्षमा के गर्‍यो ? हेर्नुहोस् १९ बुँदामा !

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आफ्नो कार्यकालमा शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति भएको बताएका छन् । उनले शिक्षा क्षेत्रमा धेरै प्रगति भएको तर अझै धेरै कामहरु गर्न बाकि रहेकोले पुनः हेलम्बुको अध्यक्षमा आफुलाई निर्वाचित गर्न समेत अपिल गरेका छन् । उनी २०७४ सालको स्थानीय चुनावबाट हेलम्बु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष शेर्पा नमुना विद्यायलको स्थापना गरेर देशभरी नै चर्चामा चुलिएका थिए । अध्यक्ष शेर्पाले अन्य पालिका भन्दा शिक्षा क्षेत्र र शिक्षकहरुका लागि हेलम्बु गाउँपालिकाले फरक र राम्राे काम गरेकाे पनि दाबी गरे । उनले यि सबै कामहरु पालिकाको सबै  टिमले गरेकाे बताए । यहि बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा पुनः गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिन अध्यक्षबाट राजिनामा दिएर मनोनयन दर्ता समेत गरेका छन् ।

यि हुन् अध्यक्ष शेर्पाले शिक्षाको क्षेत्रमा गरेका कार्यहरु 

 

१. ECD कक्षामा अध्यापन गर्ने शिक्षिकालाइ सरकारले ६ हजार मात्रै दिने गरेको तर गाउँपालिकाले थप ४ हजार दिइ शिक्षिकाहरुलाइ थप अध्यापनमा प्रोत्साहित गरेको

२. हरेक विद्यालयकाे लेखापालले आर्थिक हिसावकिताव चुस्त दुरूस्त राख्न मद्दत मिलाेस् भन्ने उद्देश्यले हरेक लेखापाललाइ मासिक ४ हजार प्राेत्साहन भत्ताकाे ब्यवस्था गरेकाे, ECD कक्षामा अध्यापन गर्ने शिक्षिकालाइ अरु शिक्षक सरह होस् भनेर पोशाक भत्ताको ब्यवस्था गरेको।

३. शिक्षकहरुलाइ स्वास्थ्य कोषको ब्यवस्था गरेको । जसमा ५ लाख सम्मको हरेक शिक्षकको बीमा गरेको ।

४. शिक्षकहरुलाइ (अस्थायी) अवकाश कोषको ब्यवस्था गरेको । जसमा शिक्षकबाट मासिक ५ सय र गाउँपालिकाले मासिक ५ सय गरि १ हजार राख्ने ब्यवस्था गरि जागीर छोड्दा रित्तो हात फर्कनुपर्ने अवस्था हटाएको ।

५. प्रधानाध्यापकहरुलाइ काममा थप लगनशिल बनाउन गाउँपालिकाले मासिक २ हजार भत्ता थप गरेको

६. केन्द्र सरकारले ५ कक्षासम्ममात्रै दिवा खाजा कार्यक्रम सञ्चालन गरेको । तर गाउँपालिकाले थप ६ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थी सबैलाइ दिवा खाजा कार्यक्रम सञ्चालन गरि असमानता हटाएको । शिक्षकलाइ समेत खाजाको ब्यवस्था गरिदिएको ।

७. संस्कृत शिक्षा र सम्भोटा शिक्षाको सुरुवात गरि संस्कृत जोगाउन अभियान सुरु गरेको

८. गरिव, जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिको ब्यवस्था गरेको । जसमा MBBS पढाइ सकेर MD (Doctor of Medicine) गर्छु भन्नेलाइ निशुल्क अध्ययनको ब्यवस्था गरेको ।

९. १ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाइ वंगलादेशमा निशुल्क MBBS पढ्ने ब्यवस्था मिलाएको ।

१०. CA (Charter Accountant) मा पढ्ने ब्यवस्था मिलाएको र गाउँपालिकाका सहयाेगमा केही जेहेन्दार विद्यार्थीले अध्ययन गरिरहेकाे,

११. विद्यालय शिक्षा सुधारको लागि इलेक्ट्रिक हाजिरको ब्यवस्था गरेको

१२. अधिकांश विद्यालयमा Free WIFI को ब्यवस्था गरि प्रविधि सिक्न र नयाँ कुरा सिक्ने वातावरण तयार गरेकाे,

१३. विद्यालय किचेन गार्डेनको ब्यवस्था गरेको । विद्यालयमै कृषि शिक्षा लिने ब्यवस्था गरेको ।

१४. शिक्षकलाइ बेला बेलामा तालिमको ब्यवस्था गरेको ।

१५. कार्यालय सहायकलाइ समेत थप भत्ताको ब्यवस्था गरेको ।

१६. शिक्षकहरुलाइ झोला, डायरी, कलमको उचित ब्यवस्था गरेको ।

१७. शिक्षक दरबन्दीको अभावका कारण नीजि स्रोतबाट दर्जनौं शिक्षकको ब्यवस्था गरेको ।

१८. गरिब, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको ब्यवस्था गरेको

१९. मोडेल विद्यालयको स्थापना गरेको । होस्टेल निर्माणाधीन रहेको

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्