गठवन्धन उम्मेदवारलाई जिताउन तरुण दल केन्द्रिय अध्यक्ष्य गुरुङको निर्देशन

नेपाल तरुण दल केन्द्रिय अध्यक्ष्य विद्वान गुरुङले बर्तमान अवस्थामा तरुण दलको भुमिका एबम बृहत तरुण भेलालाइ सम्बोधन गर्नुभएको छ । नेपाल तरुण दल केन्द्रिय समितीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गुरुङले तरुण दल केन्द्रिय समितीले वान बूथ हन्ड्रेड युथको अवधारणा ल्याउने बताए । देशैभरिका आम तरुणहरुलाई नेपाली काङ्ग्रेसको उम्मेदवारलाइ जिताउन अध्यक्ष गुरुङले क्रियाशिल हुन निर्देशन दिएका छन ।

आम जनतालाइ उनले लोकतन्त्र रोज्ने कि ओलितन्त्र रोज्ने अब बेला भएको बताउनुभयो । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले आफ्नो कार्यकालमा सबै तहको चुनावमा उम्मेदवारलाई विजयी गराइ छाड्ने कसम खाएका छन् । सबै उपस्थित तरुणहरुलाइ धन्यवाद दिदै अध्यक्ष गुरुङ्ले स्थानीय तहको गठवन्धनको उम्मेदवारलाई जिताउने गरि परिचालित हुन निर्देशन दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्