भारतको एक मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किएर कम्तीमा १० जनाको मृत्यु

भारत –  तमिलनाडुको तञ्जावुरमा एउटा मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किएर कम्तीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

तिरुचिरापल्ली सेन्ट्रल जोन आईजी वी बालाकृष्णनले समाचार एजेन्सी एएनआईलाई दुर्घटनामा अन्य १५ जना घाइते भएको जानकारी दिएका छन्। ‘वार्षिक पर्वको समयमा उच्च भोल्टेजको तारमा रथमा ठोक्किएर दुर्घटना भएको हो,’ उनले भने ।

तञ्जावुरको कालिमेदुको मन्दिरमा ९४औँ माथिल्लो गुरुपूजा पर्व मनाइँदैछ । त्यसमा सहभागी हुन मंगलबार रातिदेखि मानिसको भीड लाग्न थालेको थियो । रथयात्रा टर्निङ प्वाइन्टबाट गुज्रिरहेको बेला रथमा उभिरहेका मानिसहरू हाई भोल्टेजको तारको चपेटामा परेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्