यी हुन् हेलम्बुले स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरु

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको बताएका छन् । उनले समाजिक सञ्जाल फेसबुक मार्फत स्वास्थ्य क्षेत्रमा भएका प्रगतिहरु सार्वजनिक गरेका छन् । उनले स्वास्थ्य क्षेत्रमा धेरै प्रगति भएको तर अझै धेरै कामहरु गर्न बाकि रहेकोले पुनः हेलम्बुको अध्यक्षमा आफुलाई निर्वाचित गर्न समेत अपिल गरेका छन् । उनी २०७४ सालको स्थानीय चुनावबाट हेलम्बु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । यहि बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा पुनः गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिन अध्यक्षबाट राजिनामा दिएर मनोनयन दर्ता समेत गरेका छन् ।

स्वास्थ्य क्षेत्रमा –
• सुत्केरीको हकमा –
१. नेपाल सरकारले सुत्केरी भत्ता ३ हजार दिनेमा गाउँपालिकाले थप ३ हजार थप गरि ६ हजार दिने ब्यवस्था गरेको ।
२. सुत्केरी महिलालाइ प्रसुति गृह जान र आउन एम्बुलेन्स फ्रि । अहिले सबै विरामीलाइ गाउँबाट काठमाडौ सम्म जान र काठमाडौंबाट गाउँ ल्याउने निशुल्क ब्यवस्था ।
३. सुत्केरी आमा र बच्चालाइ ३ दिन र ७ दिनमा स्वास्थ्य संस्थामा गएर गर्नुपर्ने फलो अप (Follow UP) लाइ थप सहज गर्न घर घरमै महिला स्वास्थ्य स्वंय सेविका खटाइएको ।
४. हेलम्बुको वडा नम्वर ७ महाँकालमा सुविधा सम्पन्न प्रसुति गृहको स्थापना । प्रसुति गृहदेखि वडा कार्यालयमा खट्ने सबै स्वास्थ्य स्वंयसेविकाहरुलाइ विशेष भत्ताको ब्यवस्था ।
५. आकस्मिक उद्दार गर्नुपर्ने र कठिन अवस्थामा परेका सुत्केरी हुने महिलालाइ हेलिकोप्टरबाट राजधानीसम्म लाने ब्यवस्था ।
६. आ.ब. २०७४/०७५ मा गाउँपालिकामा जम्मा ५ जनाले मात्रै सुत्केरी गराएको । सुत्केरी हुने महिला र वच्चाको स्वास्थ्यलाइ ध्यान दिइ सुविधा सम्पन्न प्रसुति गृह र तालिमप्राप्त सुडेनीको ब्यवस्था गरेसँगै ५ सय २३ जनाले सुत्केरी भइ सेवा लिएको ।
दीर्घ रोगीको हकमा-
१. ७ सय ५३ वटै स्थानीय तहमध्ये पहिलो पटक दीर्घ रोगीहरुको पहिचान गरि निशुल्क औषधीको ब्यवस्था । जसले हजारौ दीर्घ रोगीहरु लाभान्वित भए ।
२. दीर्घ रोगीहरुलाइ उनीहरुको रोग अनुसार निरन्तर घर घरमै पुगेर औषधी वितरण गर्ने गरेको ।
३. कोभिडको समयमा २ वटा चिकित्सकको गाउँपालिकाले ब्यवस्था गरि घर घरमै पुगी स्वास्थ्य जाँचको ब्यवस्था गरेको । ७ वटै वडामा पुगी आवश्यक परामर्श र कोरोनाबाट जोगिने उपायको बारेमा चिकित्सक सहित जनप्रतिनिधिहरु पुगी महामारीबाट बच्न र बचाउन भूमिका खेलेको
४. हेलम्बु प्रवेश गर्ने वडा न ४ स्थित तालामाराङमा ज्वरो नाप्ने थर्मल गन सहित स्वास्थ्यकर्मीको टोली राखी कोरोनाबाट बच्नका लागि भूमिका खेलेको ।
५. मेलम्ची बाढी पछि गाउँपालिकाकै पहलमा कोरोनाबाट बच्न सबैलाइ खोपको लागि केन्द्र सरकारसँग पहल गरेको । देउवा नेतृत्वमा सरकार बनेपछि हेलम्बुमा १८ बर्ष पूरा भएका सबैलाइ खोपको ब्यवस्था गरेकाे ।
६. अक्सिजन सिलिण्डर सहित अस्थायी कोभिड अस्पताल निर्माण गरेको
७. सातवटै वडामा आइसोलेशन सेन्टर स्थापना गरि कोरोनाबाट बच्न र रोकथाम गर्न ३ सय जना राख्न सकिने ब्यवस्था गरेको । त्यो बेलाको कठिन समयमा कोरोना रोकथाममा अरु गाउँपालिका भन्दा एक स्टेप अगाडी बढेर प्रभावकारी भूमिका खेलेको ।
८. किशोरीहरुलाइ निशुल्क सेनेटरी प्याडको ब्यवस्था गरेको,
९. महिला स्वंयसेवीहरुलाइ थप प्रोत्साहन भत्ताको ब्यवस्था गरेको ।
१०. हेलम्बुमा ९८ प्रतिशत जनताले कोरोना विरुद्को अतिरिक्त डाेज खोप लगाइसकेको ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्