सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा, एकै दिन तोलामा २ हजार २ सय रुपैयाँले बढ्यो

काठमाडौं – केही महिनादेखि अकाशिँदै आएको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावालको मूल्य सुन बुधबार ८० हजार ५०० रुपैयाँ पुगेको हो । यो अहिलेसम्म कै उच्च मूल्य हो ।

यसअघि फागुन १२ मा प्रतितोला ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यो रेकर्डलाई पनि तोड्दै बुधबार सुनको मूल्य थप उकालो लागेको हो । अन्तर्रा्ष्ट्रिय बजारमै मूल्य बढेकाले नेपालमा पनि त्यसको असर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्