प्रधानमन्त्री ओली अपरेसन थिएटरमा

काठमाडौं – मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेसन थिएटरमा लगिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले अस्पताल परिसरमा भेला भएका पत्रकारहरुलाई जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दान दिने उनकी भान्जी दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्