अर्थमन्त्रीमा डा. खतिवडा पुनः नियुक्त, अपरान्ह ४ बजे सपथ ग्रहण

काठमाडौं – डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।

खतिवडाले अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभाको आफ्नो कार्यकाल सकिएलगत्तै खतिवडाले मंगलबार मात्रै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । यसअघि नेकपा नेकपा स्थायी कमिटी बैठकले एकै व्यक्तिलाई दुई पटक राष्ट्रियसभामा नपठाउने निर्णय गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली खतिवडाको पक्षमा उभिदै उनलाई नै पुनः अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्