दार्चुलाको शैल्यशिखर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

दार्चुला – शैल्यशिखर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट अन्तर माध्यमिक खेलकुद प्रतियोगिता सुरु भएको छ ।

मंगलवार एक कार्यक्रमका बिच शैल्यशिखर नगरपालिकाको दोस्रो नगर स्तरीय खेलकुद तथा १२ औं राष्ट्रपति रनिङ शिल्डको छनौट प्रतियोगिता उद्घाटन गरिएको छ । शैल्यशिखर नगरपालिकाका प्रमुख अमर सिह धामीको अध्यक्षता एवं मालिकार्जुन गाउंपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता गराउनका लागि छनोट स्वरुप पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरिएको हो । १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिका अन्तर्गत रहेका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । जसमा बद्रीनाथ मावि बोहरीगांउ, पशुपति भवन मावि ग्वानी, मालिकार्जुन मावि कांडापारी, सत्यप्रकाश मावि देथला, गलैनाथ मावि झरकाडा, मालिर्जुन लटिनाथ मावि तल्चौरा, हुनैनाथ मावि देथली, मालिकार्जन मावि मिलमिली, कृष्ण मावि बलाच, मालिकार्जुन मावि आगर, गोकुलेश्वर मावि गोकुले र लटिनाथ मावि बस्कोटको सहभागीता रहेको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अमर सिह धामीले नगरपालिकाले शिक्षा संगै खेलकुद क्षेत्रलाई समेत उच्च प्रागमिकतामा राखेको बताए । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्र्तगत यस प्रतियोगिताको लागी एक लाख मात्रै रकम हुने गरेको भएपनि आवश्यक थप लगानी नगरपालिकाले गरिरहेको छ । नगर प्रमुख धामीले भने , “यस प्रतियोगितामा सहभागी विद्यालयहरुलाई आवश्यक तयारीको लागी प्रति विद्यालय ३० हजार अनुदान नगरपालिकाबाट प्रदान गरिने छ ।”

प्रतियोगिता अनुशासित र मर्या्दित भएर सहभागी हुन विद्यालय तथा खेलाडीहरुलाई आग्रह गर्दै निष्पक्ष रुपमा खेल संचालन गर्न गराउन निर्णायकहरुलाई निर्देशन समेत दिएका छन । अब छिट्टै नगरपालिकाले खेलकुद विकास समिति गठन गर्ने तयारी गरेको बताएका छन । खेल प्रतिभाहरुको प्रवद्र्धनको लागी नगरपालिका प्रतिवद्ध रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बिष्टले बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा मालिकार्जुन गांउपालिका अध्यक्ष नरेन्द्र सिह धामीले स्वस्थ्य नागरिकका लागी शिक्षा संगै खेलकुद समेत जोडिएको बताएका छन । खेल क्षेत्रको विकासका लागी स्थानीय सरकारहरुको सहकार्य आवश्यक रहेको जोड दिएका छन । प्रतियोगिताको पहिलो दिन मार्चपास र एथलेटिक्स तर्फ हिट चरणका खेलहरु संचालन गरिएको प्रशिक्षक दिनेश बहादुर पालले बताए ।

१२ औं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताका खेलहरु शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको गोकुलेश्वर मावि गोकुलेको खेल मैदान तथा बिमानस्थलमा भइरहेका छन् । प्रतियोगिता फागुन २२ गते सम्म संचालन हुने नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्