विश्व सुन्दरी टोनी एन सिंह हेलम्बु आउने, पर्यटनमा योगदान पुग्ने गाउँपालिकाको विश्वास

सिन्धुपाल्चोक – विश्व सुन्दरी २०१९ की विजेता टोनी एन सिंह सिन्धुपाल्चोकको हेलम्बु आउने भएकिछिन् ।

मिस नेपाल २०१९की बिजेता अनुष्का श्रेष्ठको पहलमा ‘मिस वर्ल्ड’ (२०१९ की बिजेता जमैकाकी टोनी एन सिंह सिन्धुपाल्चोकको हेलम्बु आउने भएकी हुन् ।

जमैकाकी टोनी एन सिहं फाल्गुन २३ गते हेलम्बु गाउँपालिकाको वडा ७ सुर्सिङ गाउँमा मिस नेपाल अनुष्काले सञ्चालन गरेको स्वयमसेवीका तथा स्वावलम्बन कार्यक्रमको अवलोकन गर्ने कार्यक्रम रहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । सिंहले अघिल्लो वर्षकी मिस नेपाल श्रृखंला खतिवडाको प्रोजेक्ट पनि अवलोकल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
नेपालको तर्फबाट ’मिस वर्ल्ड’( २०१९ मा अनुष्का श्रेष्ठले गर्नुभएको उत्कृष्ट प्रदर्शनले ’मिस वर्ल्ड’( २०१९ की विजेता टोनी एवं आयोजक संस्था निकै प्रभावीत भएको थियो । अनुष्काको सोही उत्कृष्टताकै कारण नेपालमा ’मिस वर्ल्ड’(२०२० गर्ने तथा मिस नेपालले सञ्चालन गरेका नमूना प्रोजेक्ट सञ्चालन गर्ने कार्ययोजना छ ।

सो अवसरमा विश्व सुन्दरीसँगै प्रतियोगिता कार्यक्रमका नेतृत्वकर्ता तथा संचालक जुलिया मोर्ली पनि आउने भए्कीछिन् । बिहीबार उहाँहरु नेपाल आउने कार्यक्रम छ ।
सिं सिन्धुपाल्चोकको हेलम्बु आउँदा पर्यटन क्षेत्रमा सहयोग पुग्ने हेलम्बु गाउँपालिकाको अपेक्षा छ । सिंहले हेलम्बुमा निर्माणाधिन चिन पछिको दोस्रो ठुलो ग्रेट ट्रेल र हेलम्बुका मोडेल विद्यालयहरुकोे समेत अवलोकन गर्ने कार्यक्रम रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्