‘हेलम्बुको ग्रेटट्रेल हेर्न वार्षिक २० लाख पर्यटक आउँछन्’ : अध्यक्ष शेर्पा (भिडियो समाचार)

काठमाडौँ – सिन्धुपाल्चोककको हेलम्बु गाउँपालिकाको घोप्टेघ्याङमा निर्माण भइरहेको हिमालयन हेलम्बु ग्रेटट्रेलको १ किलोमिटर निर्माण सम्पन्न भएको छ । ६० किलोमिटर लम्बाई हुने यस ग्रेटट्रेलको घोप्टेघ्याङ क्षेत्रमा १ किलोमिटर निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । हेलम्बुको घोप्टेघ्याङ, शेर्माथाङ र बुद्धपार्कबाट ग्रेटट्रेलको निर्माण भइररहको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । ग्रेटट्रेलको निर्माण पश्चात हेलम्बुको पर्यटनमा नयाँ इतिहास बन्ने उहाँको अनुमान छ । बार्षिक २० लाख पर्यक हेलम्बु भित्र्याएर हेलम्बुको आर्थिक अवस्थामा ठुलो परिवर्तन हुने उहाँको दाबी छ ।

ग्रेटट्रेल निर्माणले गाउँमै रोजगारी समेत सिर्जना गरेको अध्यक्ष शेर्पाको भनाई छ । गे्रटट्रेल निर्माणको लगि सिमेन्ट बाहेकका निर्माण समागी्र हेलम्बुमा नै पाइने अध्यक्ष शेर्पाले बताउनुभयो ।
परियोजना सम्पन्न भए पश्चात यस ठाउँमा बार्षिक २० लाख भन्दा बढी पर्यटक भित्रिने गाउँपालिकाले अनुमान गरेको छ । ग्रटटे«लमा अहिले पनि आन्तिरिक पर्यटकहरु आउने गरेका छन् । ग्रेटटे«लको छेउ छाउमा होमस्टेहरु समेत संचालनमा छन् । हेलम्बुको नमुना विद्यालय समेत यसै ठाउँमा पर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्