सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले निर्वाचन अगाडिनै विज्ञापन खोल्ने

कैलाली – सुदूरपश्चिममा प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने भएको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नीतिगत अस्पष्टता हटाउने निर्णय गरेपछि प्रदेश लोकसेवा आयोगले निर्वाचन अगाडि नै विज्ञापन खोल्ने भएको हो ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीका अनुसार आजको मन्त्रिपरिषद् बैठकले संघीय सरकारको स्वीकृत दरबन्दीअनुसार प्रदेशको मन्त्रालय र मातहतका निकायमा रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न लोकसेवालाई लेखी पठाउने निर्णय गरेको छ ।

यता लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टले भने माग आकृति फाराम भरेर आइसकेपछि क्यालेन्डर बनाएर विज्ञापन गरिने बताए । मन्त्रिपरिषद्को बैठकले नीतिगत अस्पष्टता हटाएपछि आयोगले विज्ञापनको प्रक्रिया अगाडि बढाउने उनको भनाई छ । आयोगले पटकपटक खाली रहेका दरबन्दी पदपूर्तिका लागि विवरण पठाउन स्थानीय तह र प्रदेश सरकारलाई आग्रह गर्दै आएको थियो । सुदूरपश्चिम प्रदेशमा २३ सय बढी स्वीकृत दरबन्दी रहेकोमा झण्डै ४५ प्रतिशत रिक्त रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्