चक्र बम र गीता ढुङ्गानाको धमाकेदार अभिनयमा आयो ‘छन्ना थलारा’ (भिडियो सहित)

काठमाडौँ – चक्र बम र गीता ढुङ्गानाको अभिनय रहेको नयाँ गीत छन्ना थलारा सार्वजनिक भएको छ । गीतमा टेक बीसी र रेखा जोशीको आवाज रहेको छ भने गीता र चक्रको अभिनय रहेको छ । डोटेली भाषाको यो गीत डेउडा भन्दा केही भन्दा फरक छ । लोकगीतको झल्को दिने यस गीतमा भएका डोटेली भाषाका शब्दहरुले झनै मिठास दिएका छन् ।

जसमा स्वर चर्चित गायक टेक बिसी र चर्चित गायिका रेखा जोशीको रहेको छ भने शब्द संगीत सन्तोष सुनारको रहेको छ । यसैगरी उक्त गीतलाई केशब बडुले एरेन्ज गरेका छन् भने उक्त गीत टेक बिसीको युट्युब च्यानलबाट अपलोड गरिएको छ ।
मारुनी डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीत दर्शकहरुले अत्यधिक रुचाएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्