अहिलेका दलबाट न नेपालको भूगोल रक्षा हुन्छ, न राष्ट्रिय स्वाभिमान फिर्ता: प्रवक्ता पाठक

काठमाडौँ – विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले दक्षिणी छिमेकीले हाम्रो सार्वभौमिकता र भौगोलिक अखण्डतामाथी लगातार ठाडो हस्तक्षेप गरिरहेको बताएका छन् । प्रवक्ता पाठकले भने ‘हामीले चुच्चे नक्सा ल्यायौँ र त्यतिमै छाती फुलायौँ । तर लिपुलेक क्षेत्रमा भारतले सडक विस्तार गरिरहेकै छ । मोदीले जे भएको हो, त्यही सुनाए । गर्वका साथ सुनाए ।’
प्रवक्ता पाठकले भू–भागसँगै राष्ट्रिय गौरव र स्वाभिमान गुमाएको धेरै भएको बताएका छन् । उनले सत्ता स्वार्थका लागि भारतीय राजदूतावास र दिल्लीको शरणमा गएर लम्पसार पर्ने अहिलेको राजनीतिक नेतृत्वबाट हाम्रो भूगोलको रक्षा नहुने पनि जिकिर गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्