दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी

काठमाडौँ – दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी भएको छ। समाचार संस्था एएफपीका अनुसार आइतबार बिहान केपटाउनस्थित संसद भवनमा आगलागी भएको हो। ससंद भवनको छतबाट सुरू भएको आगलागी अरू भागमा पनि फैलिएको र नियन्त्रणको प्रयास भइरहेको समाचार उल्लेख गरिएको छ।

आगो निभाउन दर्जनौं अग्नि नियन्त्रक पुगेका छन्। भवनभित्र कोही मानिस छन् कि छैनन् भन्ने यकिन भएको छैन। आगलागी कसरी सुरू भयो भन्ने खुल्न सकेको छैन। केपटाउनको संसद भवनमा सन् १८८४ मा बनेको पूरानो भवन र १९२० र १९८० को दशकमा तयार भएको नयाँ भाग पनि सँगै छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्