प्रचण्डले २३६ जनाको नाम केन्द्रीय समितिमा पेश गरे

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम बन्दसत्रमा पेश गरेका छन् । आइतबार बन्दसत्रमा प्रचण्डले पेश गरेको नाम हलले तालीका साथ अनुमोदन गरेको छ । प्रचण्डले ६३ सिट खाली गरेर खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् ।

खुलातर्फ आफ्नो नाम २३ नम्बरमा उल्लेख गरेका प्रचण्डले पुरानो केन्द्रीय समितिका प्रायः सबै नेताहरुलाई क्लस्टरसहितको प्यानलमा समेटेका छन् भने केही नयाँलाई समेत समेटेका छन् । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको २३६ सदस्यीय कमिटीलाई महाधिवेशनले अनुमोदन गर्न आग्रह गरेपछि प्रतिनिधिहरुले ताली पड्काएर त्यसलाई अनुमोदन गरेका थिए ।

बाँकी रहेका सदस्यहरु पनि चाँडै पूर्ति गरिने र कमिटीलाई पूर्णता गरिने प्रचण्डले बताए । अब सोही कमिटी भित्रबाट पदाधिकारीको चयन हुनेछ । उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा सहमति जुटेन भने केन्द्रीय कमिटीमा मतदान हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्