किन भयो अचानक प्रतिनिधिसभा बैठक स्थगित ?

काठमाडौं – आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित भएको स्रोतले बतायो ।

आजको प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । सो बैठकमा थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची थियो । तर माओवादी केन्द्रले संसद बैठक स्थगित गरिदिन आग्रह गरेको थियो ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्