सिन्धुपाल्चोक काँग्रेसमा जिल्ला सभापतिको लागि तामाङ र लामा भिड्दै

काठमाडौँ – पुष २७ गते सिन्धुपाल्चोकमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन हुँदै छ । सिन्धुपाल्चोक जिल्ला अधिवेशनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । अमेरिकाको नागरिकता त्यागेर कांग्रेसको राजनीतिमा आएका बंशलाल तामाङ र त्रिभुवन विश्वविद्यालयबाट प्राध्यापन पेशा छोडेर कांग्रेसको राजनीतिमा होमिएका प्रेमध्वज लामाका बीचमा कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । दुवै जना सिन्धुपाल्चोक कांग्रेसको राजनीतिमा भने पुरानै अनुहार हुन् । तामाङ सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईबाट महाधिवेशन प्रतिनिधिमा सवैभन्दा धेरै भोट ल्याएर निर्वाचित भएका थिए । लामा पनि क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य मोहन बस्नेत भन्दा दोश्रो भोट पाएर विजयी भएका हुन् ।

सिन्धुपाल्चोकमा यो पटक जिल्ला सभपातिको प्रतिष्पर्धामा रहेका बंशलाल २०४६ सालका नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष हुन् । तामाङपछि बर्तमान सभापति विकास लामा नेपाल विद्यार्थी संघको अध्यक्ष भए । विकासपछि प्रेमध्वज बंशलाल भन्दा पछाडिका जिल्ला अध्यक्ष हुन् । बंशलाल शेरबहादुर देउवा इतरको समुहबाट जिल्ला सभापतिको उम्मेदवार बन्न लागेका हुन भने प्रेमध्वज सभापति शेरबहादुर देउवाको समुहबाट जिल्ला सभापतिको उम्मेदवार बन्न लागेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्