हेलम्बुमा भारि हिमपात, जाने हैन त हिउँ खेल्दै ग्रेटट्रेल हेर्न !

सिन्धुपाल्चोक – देशभरी परेको झरिसँगै सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ । हेलम्बुको उच्च पहाडी क्षेत्र सेर्माथाङ, तार्केघ्याङ, मेलम्चीघ्याङ क्षेत्रमा हिमपात भएको गाउँपालिकाले जनाएको छ ।

बुधवार बिहानैबाटै यस क्षेत्रमा हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ । यस क्षेत्रका रुख, बारी र घरका छतहरु हिउँले ढपक्कै छोपेको छ भने कतिपय ठाउँमा आधा फिट जति हिउँ परेको छ । भारि हिमपात भएपछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चिसोबाट बच्न सबैलाई आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्