गायक मनोज धामीको ‘सहिद’ गीत सार्वजनिक

काठमाडाैँ – चर्चित लोक तथा देउडा गायक मनोज धामीको नयाँ गीती एल्बम ‘सहिद’ सार्वजनिक भएको छ । मनोज धामी युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको छ । उक्त गीतको भीडियो भने सार्वजनिक हुन बाँकि रहेको छ । दर्शक श्रोताहरुमाझ गीत पुर्याउनको लागि अहिले अडियोको रुपमा गीत सार्वजनिक गरेको गायक धामीले बताएका छन् ।
मनोज सिँह धामी र पूर्णकला बीसीको स्वरमा रहेको उक्त गीतमा शब्द संगीत भने गायक धामीको रहेको छ । बिनोद बाजुरालीले एरेन्ज गरेको उक्त गीतलाई खडक बाजुरेलीले मिक्सिङ गरेका छन् । मालाश्री स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतले राजेन्द्र बाजुरेलीले रेकर्ड गरेका थिए ।

आफु सहिद भएको पात्रको रुपमा खुलेर गीतलाई सृजना गरिएको छ । आफु देशको निम्ती सहिद भएको र आफुसँगका साथीहरु अहिले कुन अवस्थामा रहेको भनि गितमा व्यक्त गरिएको छ । देशका निम्ति मरेपनि आत्माले शान्ति नपाएको र सपना साकार नभएको मार्मिक शब्द समेटिएका छन् । साथै देशका निम्ति मरेपनि स्वर्गबाट देश बनेको हेर्न मन रहेको गीतमा उल्लेख गरिएको छ ।
देशका निम्ति आफ्नो जीवन संगिनीको सिँउदो खाली गरेको र लालाबाला बालबच्चा छोडेपनि देशले अझै कुशल नेतृत्व नपाएको र देशको प्रगति नभएकोले अझै आत्माले शान्ति नपाएको भनि ह्यदयस्पर्शी शब्द समावेश गरिएका छन् । लिम्पियाधुरा, लिपुलेक, कालापानी जस्ता सिमानाहरु मिचिदा समेत राष्ट्रप्रेमी साथीहरु के हेरेर बसेको भनि स्वर्गबाट शब्द पोखेको आभाष गीतमा व्यक्त गरिएको छ । हिजोको जस्तै नालापानी, सुस्ता, कालापानी सिमानाहरु मिचिएको स्मरण गराएको छ ।

निक्कै मार्मिक, देशभक्ति नागरिकका शब्दहरु समावेश गरिएको उक्त गीत दर्शकहरुले पक्कैपनि रुचाउने गायक धामीले विश्वास गरेका छन् । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका, खोल्सीमा जन्मिएका गायक धामीले थुप्रै गीतहरु रचना तथा गायन गरिसक्नु भएको छ । उहाँ देशभक्ति गीतहरुमा समेत अत्यधिक रुचि राख्नुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्