पुर्णिमा लामाले चुमिन नवौं म्युजिक खबर म्युजिक अवार्ड

काठमाडौँ – बिगत दश वर्ष देखि निरन्तर हुँदै आई रहेको म्युजिक खबर म्युजिक अवार्डको हालै सम्पन्न नवौं म्युजिक खबर म्युजिक अवार्ड २०७८ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा नवौं म्युजिक खबर म्युजिक अवार्ड चुम्न सफल भएका छन । पौष ११ गते काठमाण्डौको लैनचौर ब्यंकेटमा भब्यताका साथ सम्पन्न भएको उक्त अवार्ड समारोहमा चर्चित गायिका पुर्णिमा लामाले अवार्ड हात पार्न सफल भएका हुन । “ एक पल्ट भनन” भन्ने गित बाट चर्चित गायिका पुर्णिमा लामाले अवार्ड हात पार्न सफल भएका हुन । चर्चित गायिका पुर्णिमा लामा र बिशाल निरौलाको आवाजमा रहेको उक्त गीत बिशाल निरौलाको युटुब च्यानल बाट सार्वजानिक गरिएको थियो । नेपाल सरकारको सस्कृती , पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री माननिय श्री प्रेम आले ज्यु को प्रमुख आतिथ्यमा लैनचौर ब्यांकेटमा भब्यताका साथ सम्पन्न उक्त अवार्ड समारोहमा चर्चित गायिका पुर्णिमा लामाले अवार्ड प्राप्त गर्नु भएको थियो । तिस लाख क्रस भ्युज सहित उक्त गितले चर्चाको शिखर चुमिरहेका छन ।

जुन गितको शब्द संगीत खेम सारु मगरको रहेको थियो । चर्चित गायिका पुर्णिमा लामा सँग अन्य चर्चित गायिका हरु देविका बन्दना, निशा देशार, रिता के सी, र बानिका प्रधान हरु प्रतिस्पर्धामा रहेको थियो । म्युजिक खबर अवार्ड द्वारा बिभिन्न ४२ बिधामा अवार्ड वितरण गरिएको थियो । सानै उमेरमै सांगितिक क्षेत्रमा चर्चाको शिखर चुम्न सफल चर्चित गायिका पुर्णिमा लामाले हाल सम्मा झन्डै चार सय भन्दा बढी गीत गाई सकेका छन ।

चर्चित गायिका पुर्णिमा लामाले गाएका चार सय भन्दा बढी गीत हरुमा मुटु जली खरानी भो’ फुल भनौ जिन्दगीलाई ‘ तिमी बिना पागल भाछु’ र एक्लो भए म’ जस्ता दर्जनौ गित हरु दर्शक माझ चर्चित रहेका छन । धादिङ जिल्ला साबिक बैरेनी गा .बि .स वडा नं ८ हाल गल्छी गाउँपालिका वडा नं ७ मा बुबा राम चन्द्र तामाङ र आमा कान्छी तामाङ की कान्छी सुपुत्रीको रुपमा जन्मिएका शालिन तथा बहुप्रतिभाकी खानी चर्चित गायिका पुर्णिमा लामा सानै उमेरमा पनि बिभिन्न स्थान हरुमा संचालित बिभिन्न कार्यक्रम हरुमा पनि उत्तिकै सफल भै अहिले देश तथा बिदेशमा समेत चर्चाको शिखर चुमि रहेका छन ।

कलाकार हरुको एक मात्र सांगितिक चौतारीको रुपमा संचालित म्युजिक खबर बाट कलाकार हरुलाई सधैँ उच्च सम्मानका साथ आयोजना गरिने म्युजिक अवार्डको नवौं म्युजिक खबर म्युजिक अवार्ड २०७८ बाट सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गायिकाको रुपमा नवौं म्युजिक खबर म्युजिक अवार्ड प्रधान गरिदिनु भएकोमा पुर्णिमा लामाले खुशि हुदै म्युजिक खबरका संचालक द्वय सुमन बैरागी र सबिता पोखरेल, लगायत सम्पुर्ण निर्णायक तथा आयोजक परिवार प्रति हृदय देखिनै हार्दिक अभार प्रकट रहेको गायिका लामाले बताउछिन। म्युजिक खबर जस्तो गौरवमय म्युजिक कम्पनीको अवार्ड लिन पाउँदा आफुमाथि थप सांगितिक अबिभारा थपिएकोमा आफु निरन्तर सांगितिक क्षेत्रमा कृयासिल रहने समेत लामाले बताईन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्