बेदकोटका बालविकास शिक्षकले तोके अनुरुपको तलब पाएको खुसीमा मेयरलाई दिए मायाको चिनो

काठमाडाैँ – कञ्चनपुरको बेदकोट नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरुले सरकारले तोके अनुरुपको तलब पाएको खुसीमा नगर प्रमुख समक्ष खुसी साटासाट तथा सम्मान गरेका छन् । बुधबार एक कार्यक्रमको आयोजना गरि नगर प्रमुखलाई धन्यवाद ज्ञापन सहित मायाको चिनो प्रदान गरेका छन् । बेदकोट नगर अस्पताल परिसरमा आयोजित कार्यक्रममा शिक्षक तथा कर्मचारीहरुले नगर प्रमुख अशोक कुमार चन्द, उप प्रमुख सुशीला सिँह तथा प्रमुख प्रशासकीय अधिकृतलाई मायाको चिनो प्रदान गरेका हुन् ।

अधिकांश स्थानीय तहमा बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई सरकारले वृद्धि गरेको तलबसहितको सुविधा कार्यान्वयन नगरेको भन्दै विवाद हुने गरेको छ । केहि स्थानीय तहहरुमा शिक्षक तथा कर्मचारीहरुले आन्दोलन समेत गरेका छन् ।
यस्तै कुनै विवाद नै नभई बेदकोट नगरपालिकाले तोके अनुरुपको पारिश्रमिक दिने भनेर कार्यपालिकाबाट निर्णय गराई बालविकास शिक्षक तथा विद्यालय कर्मचारीलाई तलब निकासा गरेको थियो । कार्तिकसम्मको सरकारले तोके अनुरुपको १५ हजारका दरले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षक र कर्मचारीहरुको तलब निकासा गरि शिक्षकले तलब बुझिसकेका छन् ।

सरकारले घोषणा गरे अनुरुपको ६० प्रतिशत सरकार र ४० प्रतिशत स्थानीय तहमा व्यव भार हुने गरे तोके अनुरुप नगरपालिकाले विद्यालयको खातामा रकम निकासा गरेको हो । बेदकोट नगरपालिकाभित्र २४ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।

आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा संघीय सरकारले उनीहरूको पारिश्रमिक वृद्धि गरेर १५ हजार पु¥याउने घोषणा गरेको थियो तर संघीय सरकारले ८ हजार उपलब्ध गराउने र बाँकी ७ हजार स्थानीय सरकारले व्यहोर्नुपर्ने उल्लेख थियो । स्थानीय तहहरूले भने संघीय सरकारले तोकेअनुसार ईसीडी शिक्षक र कर्मचारीलाई ७ हजार थपेर उपलब्ध गराउन नसक्ने समेत जनाएको थिए तर आखिर यो कार्यान्वयन गर्न दवाद सृजना भयो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक मासिक १५ हजार उपलब्ध गराउने जनाएका थिए । सरकारले ईसीडी शिक्षकलाई विगतमा मासिक ६ हजारमात्रै पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । बजेटमा दुई हजार संघीय सरकारले थप गर्ने र अन्य रकम पालिकाहरूले उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्