प्रदेश २ मा नेपाली कांग्रेसको अधिवेशनमा दुई समुहबिच झडप

धनुषा – प्रदेश २ मा नेपाली कांग्रेसको अधिवेशनमा दुई समुहबिच झडप भएको छ । समतिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको हो ।

जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो ।

कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता घाइते भएका छन् । बुधबारका लागि निर्वाचन कार्यक्रम स्थगित भएको छ । अब बिहीबार विहान ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्