अनेरास्ववियु इन्द्रावतीको दोस्रो सम्मेलन : पासाङ तामाङको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन

काठमाडाैँ – अलिख नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दोस्रो सम्मेलन सम्पन्न गरेको छ । इन्द्रावति गाउँपालिका कमिटिको आयोजनामा बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमाले इन्द्रावति गाउँ कमिटि अध्यक्ष शशिनाथ आचार्य रहनुभएको थियो भने विशेष अतिथि एमाले जिल्ला कमिटि सदस्य डबले लामा रहनुभएको थियो ।

साथै सम्मेलनमा ३५ सदस्यीय कमिटी समेत गठन गरिएको छ । अनेरास्ववियुको केन्द्रीय कमिटिको सर्कुलर बमोजिम पासाङ तामाङको अध्यक्षतामा ३५ सदस्यीय कमिटि गठन गरेको अनेरास्ववियु केन्द्रीय सदस्य रोशनी तामाङले जानकारी दिनुभयो । यसैगरी कमिटि उपाध्यक्षमा बिमला तामाङ तितुङ, सचिवनमा विकास दनुवार, सह–सचिवमा पानस माझी र राजन अधिकारी चयन भएका छन् । यस्तै कोषाध्यक्षमा निर्मला तामाङ चयन भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेकपा एमाले इन्द्रावति गाउँ कमिटि अध्यक्ष शशिनाथ आचार्यले आफ्नो संगठन अरु संगठन भन्दा फरक भई समग्र विद्यार्थीहरुको हक हितका पक्षमा प्रतिवद्ध रहेको कुरामा जोड दिएका थिए ।

कार्यक्रममा उपस्थित बक्ताहरुले शुभकामना दिनुका साथै कार्यक्रममा आ–आफ्नो मनतव्य राखेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य लगायत गाउँपालिका भित्रका बिद्यार्थी तथा अन्य सरोकारवालाहरुको उपस्तिथि रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्