पाँचपोखरीमा एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठुलो बुद्व मुर्तीको शिलान्यास, (ड्रोन भिडियो)

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठुलो (८० फिट उचाईको ) बुद्व मुर्ती शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ७ भोटेनाम्लाङ्गमा पुर्व कानुन मन्त्री तथा नेकपा एमालेका सांसद शेर बहादुर तामाङ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपती प्राज्ञ लालकाजी लामाले संयुक्त रूपमा गरेका बुद्ध मुर्तिको शिलान्यास गर्नुभएको हो ।

ढुङगामा मुर्ती कोर्न मात्रै २ करोड लाग्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । यस बर्ष मुर्ती कुंद्नको लागी गाउँपालिकाले ५२ लाख बजेट बिनियोजन गरेको छ । दुई बर्ष भित्रमा मुर्तीको निर्माणकार्य सकिने गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्