पाँचपोखरीमा एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठुलो बुद्व मुर्तीको शिलान्यास

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा एउटै ढुङ्गामा निर्माण गरिने नेपालकै ठुलो (८० फिट उचाईको ) बुद्व मुर्ती शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ७ भोटेनाम्लाङ्गमा पुर्व कानुन मन्त्री तथा नेकपा एमालेका सांसद शेर बहादुर तामाङ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपती प्राज्ञ लालकाजी लामाले संयुक्त रूपमा गरेका बुद्ध मुर्तिको शिलान्यास गर्नुभएको हो ।

ढुङगामा मुर्ती कोर्न मात्रै २ करोड लाग्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । यस बर्ष मुर्ती कुंद्नको लागी गाउँपालिकाले ५२ लाख बजेट बिनियोजन गरेको छ । दुई बर्ष भित्रमा मुर्तीको निर्माणकार्य सकिने गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिनुभयो ।

मुर्ती निर्माण लगायत वरिपरिको संरचना निर्माणको लागि रु १० करोड लाग्ने गाउँपालिकाले जनाएको छ । आन्तरिक र बाह्य पर्यटक भित्राएर आम्दानीको स्रोत बढाउने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष लामाले जानकारी दिनुभयो । ८० फिटको बुद्व मुर्ती वरिपरि कन्फरेन्स हल, रेष्टुरेन्ट, गुफा, मेडिटेसन गर्ने स्थान तथा वरिपरि सानासाना मुर्ती रहने लामाले जानकारी दिनुभयो

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले मुर्ती निर्माणको जिम्मा लिएको छ । मुर्तीलाई कुँद्ने काम निर्धारित समयमै सक्ने र यसको लागि सबैको सहयोग चाहिने प्रतिष्ठानका कुलपती लालकाजी लामाले बताउनुभयो । सिलान्यास कार्यक्रममा बोल्दै पुर्व कानुन मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य शेर बहादुर तामाङले पाँचपोखरी लाई पुग्ने सम्पत्ती यसै ठाउँबाट कमाउन सकिने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्