तीन विद्यार्थी संगठन द्वारा खप्तड क्याम्पसलाई संयुक्त १०बुँदे ज्ञापन पत्र

मसुरिया- कैलालीको गौरीगंगा नगरपालिका ७ मा रहेको खप्तड बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले संयुक्त रुपमा बिहीबार ज्ञापन पत्र बुझाएका छन् । क्याम्पसमा भएका विभिन्न समस्या सुधारका लागी विद्यार्थीहरूले १० बुँदे माग सहित ज्ञापन पत्र बुझाएका हुन् । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी निकट विद्यार्थी संगठन अनेरास्ववियू , नेकपा एमाले निकट अनेरास्ववियू र माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी )सङ्गठनमा आबद्ध विद्याथीहरुद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा शैक्षिक गुणस्तर र नयाँ शैक्षिक कार्यक्रम संचालन गर्नको लागी सम्बन्धित निकायहरू र क्याम्पस प्रशासन सँग नियमित अन्तरक्रिया कार्यक्रम संचालन गर्नु पर्ने, क्याम्पस भित्र यातायातमा देखिएका समस्या समाधान गर्नु पर्ने,खानेपानिमा देखिएको समस्या समाधान गर्नु पर्ने, पुस्तकालयमा पुस्तक उपलब्ध गराउनु पर्ने उल्लेख गरीएको छ । साथै ज्ञापन पत्रमा क्याम्पस गेट र साइकल पार्किङको व्यवस्था गर्नु पर्ने, छात्रा विद्यार्थीहरूलाई सेनेटरी प्याडको व्यवस्था गर्नु पर्ने, सूचना प्रवाहमा नियमित र इन्टरनेटको व्यवस्था गर्नु पर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाउदै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी निकट विद्यार्थी संगठन अनेरास्ववियू कैलाली जिल्ला कमिटी सदस्य प्रेम जोशीले विद्यार्थीका माग तत्काल क्याम्पस प्रशासनले सम्बोधन गर्नु पर्ने र विद्यार्थी संगठन बाट हुने सहयोग गर्न कटिबद्ध रहेको बताएका थिए विद्यार्थीका समस्या क्याम्पस प्रशासनले बुझनु पर्ने र यश क्याम्पस सुधारको लागि विद्यार्थी, अभिभाबक ,क्याम्पस प्रशासन, राजनीतिक दल एक ठाउँमा हुनुपर्ने बताउदै क्याम्पस सुधारका लागि स्थानीय सरकार सहित, प्रदेश, केन्द्र सरकार हरु सगं गर्नु शान्ति पुर्ण माग देखि आन्दोलन गर्न पनि तयार रहेको तर क्याम्पस प्रशासनको सहयोग चाहिने बताएका थिए ।

क्याम्पसमा नियमित रुपमा अन्तरकिया कार्यक्रम देखि क्याम्पस गेट र यतायतको समस्य क्याटिनको समस्या तत्काल भन्दा तत्काल समाधन गर्ने अनेरास्ववियु राष्ट्रिय परिषद सदस्य पुष्कर राक अबस्थिले बताएका थिए ज्ञापनपत्र कार्यक्रममा अनेरास्ववोयू (एस) निकट) क्याम्पस कमिटी अध्यक्ष दुर्गा जैगडी , सचिव गौर्व जेठारा ,युवा संघ गौरीगंगा नगर कमिटी सचिब तथा विद्यार्थी सरिता धामी ,नेकपा एमाले निकट अनेरास्ववियू राष्ट्रिय कमिटी सदस्य पुष्कर राज अबस्थी र माअोवदी केन्द्र निकट अनेरास्ववियू ( क्रान्तिकारी ) प्रतिनिधि नारायण प्रसाद सापकोटा लगाएत अन्य विद्यार्थी हरुको सहभागी थिए । ज्ञापनपत्र बुझदै क्याम्पस प्रमुख मदन राज जोशीले विद्यार्थीका माग तत्काल समाधानको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्