शेयर बजार २४ सय ५० विन्दु भन्दा तल

काठमाण्डौ – लगातार घटिरहेको शेयर बजार आज बिहीवार पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ८४ अङ्कले घटेर दुई हजार चार सय ४९ दशमलव ९७ विन्दुमा झरेको छ । आज होटल, म्युचल फन्ड र अन्य समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर ओरालो लागेको छ ।

आज दुई सय ३१ कम्पनीका ६२ लाख २३ लाख कित्ता शेयर दुई अर्ब ६७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सामुदायिक लघुवित्त र श्री इन्भेस्टमेन्ट फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार ओरालो लागे पनि सिनर्जी पावर कम्पनीको शेयर साढे चार प्रतिशतले बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्