ट्राफिक कारवाहीमा परेका चालकले तत्काल जरिवाना तिरी कागजपत्र लिन सकिने

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा ट्राफिक कारबाहीमा परेका चालकले तत्काल जरिबाना तिरी कागजपत्र लिन सकिने भएको छ । नयाँ व्यवस्था अनुसार अब ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका चालकले तत्कालै जरिबाना तिरेर कागजपत्र लैजान पाउने भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज एक कार्यक्रमका बीच प्रविधिमा आधारित “पे फाइन अन द स्पोर्ट ( इन्स्ट्यान्ट पेमेन्ट सिस्टम”व्यवस्थाको सुरुवात गर्नुभएको हो ।
उहाँले महाशाखाको सेवालाई थप प्रविधिमैत्री र व्यवस्थित बनाउन यस्तो व्यवस्था ल्याइएको बताउनु भयो । पहिलो चरणमा गौशाला, दरबारमार्ग, थापाथली, जावलाखेल र जनसेवा गरी पाँच वटा ट्राफिक कार्यालयबाट सुरु गरिएको यो सेवालाई बिस्तारै अन्य कार्यालयमा समेत विस्तार गरिने महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्