गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी घाेषणा, ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ काे अवधारणा

File Photo

काठमाण्डाै – नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बिहीवार आयोजित कार्यक्रममा नेता थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गरेका छन्। ‘२०७८ काे अधिवेशनपछि कांग्रेसकाे लक्ष्य भनेकाे नेपाललाई समुन्नत बनाउने र नेपालीलाई सम्मानित बनाउने हाे’, नेता थापाले भने ।

पार्टी पुनर्जागरण र रूपान्तरणका लागि आफ्नो उम्मेदवारी घोषणा भएको पनि उनले स्पष्ट पारे । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन भाेलि शुक्रवारदेखि काठमाण्डाैमा सुरु हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्