आयरल्याण्डमा फेरि नाइट क्लव बन्द

आयरल्याण्ड– आयरल्याण्डमा कोरोना भाइरसको संक्रमण निरन्तर रुपमा बढ्दै गएपछि भर्खरै मात्रै सञ्चालनमा आएका नाइट क्लब फेरि बन्द गरिने भएको छ ।

क्रिसमस नजिकिएकाले सम्भावित जोखिम कम गर्न आइरिस सरकारले अतिथि सत्कारसँग सम्बन्धित क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्था कडा बनाएको हो । आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले टेलिभिजन मार्फत् सम्बोधन गर्दै कोरोना नियन्त्रणका लागि नयाँ प्रतिबन्धात्मक व्यवस्थाको घोषणा गर्नुभएको हो ।

नयाँ व्यवस्था अनुसार इनडोर खेल लगायतका गतिविधि ५० क्षमतामा सञ्चालन गर्न सकिनेछ । साथै कुनै पनि व्यक्तिको निजी घरमा जान परेमा ४ वटाभन्दा बढीमा जान पाइने छैन । यस अघि पब, होटेल, रेस्टुरेन्ट र अन्य मनोरञ्जन स्थलमा संक्रमण नियन्त्रणका लागि लागू गरिएको नियम फेरि कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ ।

आयरल्याण्डमा लामो समय लगाइएको लकडाउनका कारण बन्द रहेका नाइट क्लव भर्खरै पुनः सञ्चालनमा आएका थिए ।

मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, एउटै टेवलमा ६ जनाभन्दा बढी बस्न नपाउने, बारमा मदिराका लागि लाइन लाग्न नपाइने र धेरै वटा टेवल बुक गर्न नपाइने जस्ता नयाँ व्यवस्था लागू गरिनेछ । कोरोना नियन्त्रणका लागि लगाइएको नयाँ प्रतिबन्धात्मक व्यवस्था आगामी डिसेम्बर ७ देखि आउँदो जनवरी ९ सम्म लागू हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्