आज मौसममा केही सुधार भए पनि भोलिदेखि पश्चिमी क्षेत्रबाट पानी पर्न सुरु हुने

काठमाण्डौ – आज मौसममा केही सुधार भए पनि भोलिदेखि पश्चिमी क्षेत्रबाट पानी पर्न सुरु हुने मौसमविद्ले बताएका छन् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । हिजो काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्का पानी परेको थियो ।

मौसमविद् कँडेलका अनुसार भोलिदेखि पुनः अर्को पश्चिमी वायुसँगै आएको न्यूनचापीय प्रणालीको प्रभाव रहनेछ । आज केही प्रदेशमा हुस्सु र कुहिरो लाग्नेछ । पहाडी भू–भागका केही ठाउँमा हिमपातको पनि सम्भावना छ । उच्च पहाडी र हिमाली भू–भागका केही ठाउँमा मध्यम खालको हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।

 

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

विशेष बुलेटिन :  हिउँदे मौसमको अपडेट  ( Special Winter Bulletin 2)

(जारी मितिः २०७८/०/१ विहान :०० बजे)

बंगालको खाडीको मध्य पश्चिम भु-भागमा हिजो (२०७८/०८/१७ गते) जवाद (JAWAD)  नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात आज विहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने  र तत्पश्चात उत्तर उत्तर पुर्व तर्फ सर्ने देखिएको छ।सो चक्रवातका कारण नेपालमा खासै ठुलो प्रभाव पर्ने संभावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभावले आज राती वाट प्रदेश नं १ , प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने सो प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

 आउँदो सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ ।

भोली आइतबार बाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने संभावना देखिएको छ। सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आईतबार देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। सोमबार सो प्रणाली ले देशभर प्रभाव पारी केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।आईतबार राती र सोमबार दिउसो सो प्रणालीका कारण सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु_भागहरुका एक-दुई स्थानहरूमा भारी हिमपातको समेत संभावना रहेको छ।सो प्रणाली सोमवार राती बाट कमजोर बन्दै जाने संभावना रहेको छ।

यी मौसमी प्रणालीहरुका कारण पर्वतारोहण, हवाई/यातायत लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसो वाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

 मौसम पूर्वानुमान महाशाखाले माथी उल्लिखित दुबै प्रणालीहरुलाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकता अनुसार विशेष बुलेटिन जारी गर्नेछ।

यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिनेछ । तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन समेत अनुरोध छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्