दार्चुलाको महाकाली नगरपालिकाका मेयर भट्टकाे स्वरमा रहेकाे राष्ट्रिय देशभक्ति गीत (अडियाे सहित)

दार्चुलाको महाकाली नगरपालिकाका मेयर हंशराज भट्टले राष्ट्रिय देशभक्ति गीतमा स्वर दिएका छन । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको प्रस्तुतीमा रहेको देशभक्ति “राष्ट्रियता” गीतमा मेयर भट्टले स्वर दिएका छन । जसमा गीतकार हिरालाल कँडेल (भारद्वाज) रहेका छन भने संगीत संयोजन बिबि अनुरागीको रहेको छ । त्यसैगरी संगीतकार शिशिर योगी र मिक्सिङ्ग मास्टरिङ्ग श्यामस्वेत रसाईलीले गर्नुभएको छ ।
मन छुने मार्मिक देशभक्ति शब्द रहेको उक्त गित हाइलाईट्स नेपालको युट्युब च्यानलबाट फागुन १३ गते अर्थात फेब्ररी २५ मा अपलोड भएको छ ।

 

स्वाँस स्वाँसमा जगाउँछु देश भक्ति भावना ।
शब्द शब्दमा गरौं मात्री भुमि वन्दना ।।
हृदयमा सबैको गुन्जियोस यो गुन्जना ।
देशको माटो मोटो हैन हो पवित्र चंदन ।।

स्वावलम्बि साथमा श्रृजनाको साँचो छ ।
सबै संगै बस्न सक्ने चौतारीको खाँचो छ ।।
पौरखीको फेदमा शान्ति छर्ने बेलाभो ।
जुर्मुराई उठौ है न सुतौ अवेलाभो ।।

जुन माटोमा जन्मियौं गौरव गरौ त्यसमा ।
सबै हिड्न सक्ने एउटा बाटो खनौ देशमा ।।
चिरा चिरा नपारेको बल्ल हुन्छ एकता ।
राष्ट सर्वोपरि मान्ने भाव हो राष्ट्रियता ।।

एकताको डोरीमा बाँधियो निरन्तर ।
मित्रताको रंगमा हुन्न केहि अन्तर ।।
नेपाल जिउदो रहेमा वल्ल बाँच्छ नेपाली ।
राष्ट्रियता गुन्जेपो बल्ल नाच्छ नेपाली ।।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्