विश्व प्रसिद्ध काेरियाली फ्राईड चिकेन अब नेपालमा

अब नेपालीले नेपालमै वेलडम चिकेनको स्वाद लिन पाउने भएका छन । एसियन स्वाद, पोषिलो अनि स्वास्थ्यबद्र्धक वेलडम चिकेन नेपालको सामीन्स रेष्ट्रो प्रा.लि.ले सञ्चालन गर्ने भएको छ । नेपाल र भारतको लागि आधिकारीक रुपमा नेपालका सामीन्स रेष्ट्रो प्रा.लि. का सञ्चालक शोभा रेग्मीले दक्षिण कोरियाबाट स्वीकृत लिएर नेपालमा यसको सुरुवात गर्न लाग्नु भएको छ । श्रीमान विद्यावारिधी गर्न दक्षिण कोरिया गएका बेला शोभा रेग्मीले उक्त वेलडम चिकेन नेपालमा लग्नुपर्छ भन्ने कुरालाई मनन् गर्दै आउनुभएको थियो र नेपालमा उक्त कार्य सञ्चालन गर्ने सहमति प्रदान गरिसक्नुभएको छ । काठमाण्डौैका व्यस्त बजारका रुपमा लिइने पुतली सडकको कमलादी मोडमा सञ्चालनमा आएको सामीन्स रेष्ट्रो प्रा.लि.मा उक्त वेलडम चिकेनको परिकार बन्ने भएको छ । कोरना भाइरसको प्रभावका कारण केही दिन वेलडम चिकेनको परिकार बन्नमा ढिलाइ भएतापनि अब छिट्टै सञ्चालन गरिने सञ्चालक रेग्मीले बताउनुभयो ।

बेलडम चिकेन भनेको केवल कुखुराको एउटा मात्र परिकार नभई यसका फरक फरक २५ देखि ३० परिकारसम्म बन्नेछन जुन ग्राहकको लागि स्वादिष्ट मात्र नभई पोषिलो र स्वास्थ्यबद्र्धक समेत हुनेछ । हाललाई कुखुरा नेपाल र अन्य मसला लगायतका कच्चा पदार्थ कोरियाबाट आयाता गरेतापनि विस्तारै दक्षिण कोरियासँग सहकार्य गरेर नेपालमा उत्पादन हुने मसलाजन्य पदार्थ र जडिबुटीको बारे अध्ययन गराएर उक्त मसलाजन्य पदार्थ पनि नेपालमै उत्पादन हुनेछन । त्यसपश्चात नेपालको कच्चा पदार्थ दक्षिण कोरिया लगायत अन्य देशमा समेत निर्यात हुने विश्वास लिइएको छ । उक्त कुरा सम्भव भयो भने नेपालको आर्थिक स्तरमा समेत टेवा पुग्ने देखिन्छ ।

दक्षिण कोरियाको Foodininno F & D Campany Ltd. का तर्फबाट Kim Hong Yeop र नेपालका तर्फबाट सामीन्स रेष्ट्रो प्रा.लि. का सञ्चालक शोभा रेग्मी बीच वेलडम चिकेन नेपाल र भारतमा सञ्चालनका लागि सहमति भएको छ । विस्तारै यसलाई नेपालका मुख्य मुख्य शहरहरु जस्तै : इटहरी, धरान, लहान, विर्तामोड, विरगञ्ज, विराटनगर, चितवन, पोखरा, नेपालगञ्ज, धनगढी लगायत अन्य शहरहरुमा समेत विस्तार गरेर नेपाली उत्पादनलाई जोड दिने र ग्राहकहरुलाई स्वादिष्ट, पोषिलो र स्वास्थ्यबद्र्धक परिकारहरु पु¥याउने सञ्चालक रेग्मीले बताउनु भएको छ । हाल सामीन्स रेष्ट्रो प्रा.लि. ले पेयपदार्थदेखि लिएर अन्य रेष्टुरेन्ट पाइने विभिन्न परिकारहरुका साथ सेवा दिइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्