बेदकोटका मेयर चन्दले गल्ती स्वीकार गरे, समाचार लेखेको भन्दै पत्रकारलाई धन्यवाद

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले आफूले सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोग गरेको स्वीकार गर्दै माफी मागेका छन् । सरकारी गाडी दुरुपयोग गरेको समाचार लेखेको भन्दै पत्रकारलाई धन्यवाद समेत दिएका छन् ।

कञ्चनपुरको स्थानीय पत्रिका मानसखण्डले ‘सरकारी गाडीमा मेयर चन्दको रजाइँ’ नामक शीर्षकमा समाचार प्रकाशित गरेको थियो । सो पत्रिकाका सम्पादक पत्रकार खेम भण्डारीले पारदर्शिता, सुशासन, सदाचार र सरकारी गाडी दुरुपयोगका बारेमा समाचार प्रकाशित गरेकोमा मेयर चन्दले खुशी व्यक्त गरेका छन् ।

उनले उक्त समाचारले आफूले गरेका कमी कमजोरी सच्याउन र गल्ती नदोहोर्याउन मद्धत पुगेको भन्दै समाचारसहित फेसबुकमा पोष्ट गरेका छन् ।

 

मेयर चन्दले गल्ती स्वीकार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा उनको प्रशंशा भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्