फेवातालमा डुंगा सवारका क्रममा बेपत्ता भएका काठमाडौं सुमितको शव फेला

फेवातालमा डुंगा सवारका क्रममा सोमबार बेपत्ता भएका काठमाडौं, कपनका सुमित भनिने रामशरण लुइँटेलको शव फेला परेको छ । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएका उद्धार टोलीले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो रामशरणको शव फेला पारेको हो ।
रामशरणसँगै डुंगामा सवार काठमाडौं १० कपनकै २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीको भने प्रहरीले सकुशल उद्धार गरेको थियो । पोखरा घुम्न गएका उनीहरु आफैं डुंगा चलाएर फेवाताल घुम्न गएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्